राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि दरखास्त आह्वान भएको छ। युवा तथा खेलकुद मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै राखेप सचस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो। सदस्य सचिवमा आवेदन दिने उम्मेदवार कम्तीमा स्नातक तह उत्तिर्ण गरेको शैक्षिक योग्यता तोकिएको छ।

यस्तै, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्तिले राखेप सदस्य सचिवका लागि दरखास्त दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ। सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अघिल्लो सरकारको पालामा नियुक्त रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपमा सदस्यसचिवको पद रिक्त छ । मन्त्रालयमा सचिव नहुँदा सदस्यसचिव नियुक्ती प्रक्रियामा पनि ढिलाई भएको थियो ।