आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोक्यो

काठमाडौं । भारतीय सुरक्षा बल (एसएसबी)ले इलाम सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो ।

 

बिज्ञापन

(एसएसबी)ले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो । (एसएसबी)ले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन ।

 

नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको खबर आजको अन्नपुर्ण दैनिकमा छापिएको छ ।