निर्वाचन आचार संहितामा एमालेले गरेन हस्ताक्षर

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन आचार संहितामा हस्ताक्षर नगरी फर्किएको छ ।

निर्वाचन आयोगले मंगलबार निवार्चान आचार संहिताको विषयमा प्रतिवद्धता गर्न बोलाएको बैठकमा होहल्ला भएपछि हस्ताक्षार नगरी फर्किएको हो ।

बिज्ञापन

नेपाली कांग्रेससहितका दलहरुले निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर नगरेको हो।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो ।

आयोग पुगेका केही राजनीतिक दलले छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर होहल्ला गरेपछि एमालेले हस्ताक्षर नगरी फर्किएको हो ।

राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको निर्वाचन आयोगले जनाएको छ ।