गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ ।​

बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।

बिज्ञापन

बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुको भनाइ छ ।