पुर्बमा पुर्वराजाको क्रेज, जनताले बिछ्याए रातो कार्पेट

 

काठमाडौं, १९ चैत । पाँचथरका सर्वसाधारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् ।

बिज्ञापन

मंगलबार पाँचथर पुगेका पूर्वराजाले त्यहाँका धार्मिकस्थलको भ्रमण गर्नुका साथै नागरिकसँग संवाद गरेका थिए ।

 

मधेसको भ्रमण सकी झापामा रहेका उनी पूर्वी पहाडमा उक्लिएका थिए ।

पूर्वराजाको भ्रमणको सुरक्षालगायतमा सहजीकरण गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार पूर्वराजाको सवारी हेर्नका लागि सर्वसाधारणको सदरमुकाममा घुइँचो लागेको थियो ।

 

डेढ महिना भन्दा बढी समयदेखि उपत्यका छाडी पूर्वराजा पूर्वका विभिन्न जिल्लाको भ्रमणमा छन् । यसअघि उनी बारा, जनकपुर, धनुषा, सप्तरी र उदयपुरको भ्रमण सकी सुनसरी पुगेका थिए ।

 

परिवारसहित सिक्किम जाने बताइरहेका बेला उनी पाँचथर पुगेका हुन् ।