भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले निकाले बाहिर

नेकपा एमालेको दशौं महाधिवेशनका प्रतिनिधिहरुलाई भीम रावलको पर्चा बांडिएको छ ।

पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बिज्ञापन

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए ।

मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।