एमाले महाधिवेशन : मतदानको समय एक घण्टा थप्ने तयारी

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।

बिज्ञापन

गए राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो ।

जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् ।

६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।