
काठमाडौं । आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।

सो प्रणालीका कारण बुधबार देखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू(भागहरुमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ ।
बिज्ञापन



पर्वतारोहण, हवाईरयातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु मौसम विभागले आग्रह गरेको छ ।
