मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुर-ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता यादव छन् । ज १२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए ।

बिज्ञापन

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए ।

तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेको मोटरसाइकलको पछाडीमा सबार आलोक चौधरी घाइते छन् ।