
सरकारले करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । नेपाल र भारत सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिद गर्न खोजिरहेको छ । बङ्गलादेश, चीन, ओमन, मोराकोलगायतका देशसँग सम्झौता गरेर मल ल्याउने पहल थालिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



परराष्ट्र मन्त्रालयमार्फत ती देशलाई पत्रचार गरिएको छ तर हालसम्म जवाफ आइसकेको छैन । गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएर आएको थियो ।
