आन्तरिक उडान पुन: सुचारु

काठमाडौं, मङ्सिर १८ गते । शनिबार विहानैदेखि ठप्प बनेको नेपालको आन्तरिक उडान १० बजेबाट शुरु भएको छ ।

काठमाडौंको मौसममा सुधार भएसँगै पोखराबाहेकका विमानस्थलमा उडान शुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।

शुक्रबार विहानैदेखि मौसममा सुधार नहुदाँ सिमिकोट, डोल्पा, बाजुरा, जोमसोम, रारा, जुम्ला र पुर्वका केही विमानस्थलमा उडान हुन सकेको छैन ।