तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

तेह्रथुम- तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ ।

गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए ।

कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ ।

नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले  बताए ।