२६५ संक्रमित थपिँदा ३५७ निको, २ जनाको मृत्यु

काठमाडौं — नेपालमा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ६१७ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५७ संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ९७.८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

सोमबार थप २ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ३६८ सक्रिय संक्रमित थपिएका छन् ।