एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पठाउन पाउनेः मन्त्री पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभएको हो ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उहाँले भन्नुभयो, “मापदण्ड पुगेका कलेजले पढाउन पाउछन् ।

बिज्ञापन

अन्यको हकमा भने छलफल भइरहेको छ । ” मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।

पिसिएल नर्सिङ् अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उहाँले अहिलेका लागि ऐन बाहिर गएर काम गर्न नसकिने बताउनुभयो ।