आजको राशिफल : २०७८ साल मंसिर २३ गते बिहीबार

आज मिति २०७८ साल मंसिर २३ गते, बिहीबार । इश्वी सन २०२१ डिसेम्बर, ०९ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः षष्ठी २५ः४४ बजे उप्रान्त सप्तमी । नक्षत्रः धनिष्ठा २७ः५७ बजे उप्रान्त शतभिषा । योगः व्याघात, १६स्९ बजे उप्रान्त हर्षण । करणः कौलव १२ः १४ बजेदेखि तैतिल, २५ः४४ बजे उप्रान्त भद्रा ।

मेष : उच्चपदस्थ व्यक्तिसंगको मिलनले नसोचेको आर्थिक उन्नतिको मार्ग मिल्नेछ । प्रेम सम्बन्ध अगाडी बढ्नेछ । रोकिएको धन आउनेछ । अध्ययनमा पूर्णता मिल्नेछ ।

वृष : अध्ययनको लागि लामो दुरिको यात्रा हुनेछ । हतारको निर्णयले व्यवसायिक क्षति हुने देखिन्छ । सहयोगी व्यक्तिद्वारा धोका हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

मिथुन : पारिवारिक झुन्झट बढ्नेछन् । आर्थिक अभाव बढ्नेछ । मध्यान्हदेखि नसोचेको कार्यसम्पन्न हुनेछ । समस्या भएता पनि मनमा भने उमङ्ग रहिरहनेछ प्रेम सम्बन्ध ठिकै रहनेछ ।

कर्कट : बोलीको प्रभाव बढ्नेछ । रोकिएका कार्यहरू बन्नेछन् । प्रेमसम्बध अगाडी बढ्नेछ । महत्वपूर्ण स्थानको यात्रा रहनेछ । स्वास्थ्यको ध्यान दिनुहोला सन्ध्याकालमा घरबाहिर नजानु होला ।

सिंह : आफन्तमा केही विवाद हुने देखिन्छ । बोल्दा मर्यादित हुनुपर्ने देखिन्छ । विद्यार्थी वर्गको लागि अतिनै राम्रो समयछ । व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ ।

कन्या : पारिवारिक सम्बधमा केही विवाद बढ्ने देखिन्छ । आर्थिक क्षेत्रमा भने राम्रै हुने योग रहेको छ । नयाँ प्रेम सम्बन्ध अगाडी बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

तुला : स्वास्थ्यमा समस्या आउनेछ । निकै ध्यान दिनुहोला रोकिएको आर्थिक कारोवार मिल्ने देखिन्छ । ज्याला मजदुरीको लागि राम्रो समय रहनेछ । महत्वपूर्ण भेटघाट हुनेछ ।

वृश्चिक : प्रस्तावित प्रेम सम्बन्ध स्वीकार हुनेछ । पारिवारिक भेटघाटमा व्यस्त रहिनेछ । अध्ययनका क्षेत्रमा नसोचेको उपलब्धि हासिल हुनेछ । आर्थिक आय आर्जन वृद्धि हुनेछ ।

धनु : मनमा अनेकौ कुराहरू खेल्नेछन् । जे जस्तो भएतापनि कामगर्न नछोट्नु होला । व्यपारिक वर्गकोलागि शुभ योगनै रहेको छ ।

मकर : पारिवारिक सहयोग तथा मित्रता बढ्नेछ । आर्थिक उन्नति भइरहनेछ । सन्तानपाटो सुख नै हुनेछ राज्यदेखि सम्मानित भइने छ ।

कुम्भ : प्रेमिकाबाट धोका पाइनेछ । अध्ययनमा ढिला सुस्थि बढ्नेछ । खानपानमा ध्यानदिन हतारमा निर्णय गर्दै नगर्नु हनुमान चालिसा सुन्नु तथा पाठ गर्नुहोला ।

मीन : धोका पाइएको प्रेमिकाद्वारा पुनः आगमन हुन्छ । आर्थिक उच्चस्तरीय भेटघाट हुनेछ । पारिवारिक किचलो मिल्दै जानेछ । मध्यान्हदेखि भाग्यमा अझ सफलता मिल्ने छ ।