एमाले अध्यक्ष ओलीले आज पत्रकारसँग साक्षात्कार गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आज ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्न लागेको हो ।

पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

चितवनको सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित गरेको थियो ।

अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीको यो पहिलो पत्रकार भेटघाट हो ।