
कैलाली । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मा गाउँ बस्ने २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरीलाई पक्राउ गरेको हो ।
बालिकालाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुले बालिकालाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा मारेर फाली दिने धम्कीसमेत दिएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।