
महेश सिंह/सिरहा लहान/२५ मङ्सिर- सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोडनास्थित मुसहर समुदायले अब शुद्ध पानी खान पाउने भएका छन् ।

वर्षौंदेखि खोलाको पानी खान बाध्य रहेका मुसहर समुदायमा खानेपानी धारा निर्माण गरिएको छ । त्यहाँ करिब ४५ घरधुरी मुसहर रहेका छन् ।
बिज्ञापन



समाजसेवी महेश चौधरीको ध्यानाकर्षण भएपछि मनकारी चौधरी स्वर्गीय सङ्गिता स्मृति प्रतिस्ठानद्वारा खानेपानीका लागि सानो ट्युबवेल, ठूलो पानी ट्याङ्की र पानी तान्ने मोटरसहित खानेपानी धाराको व्यवस्था मिलाइएको हो ।

उक्त बस्तीमा खानेपानीको प्रबन्ध हुँदा मुसहर बस्तीका व्यक्तिहरू निकै खुशी भएका छन् ।