कुलतमा फसेका बालकको उद्धार

कञ्चनपुर । मदिरा सेवन गरी बजारमा घुम्दै हिँडेका एक बालकको उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिका ती बालकलाई उद्धार गरी मंगलबार रिचमाइण्ड फेलोसिप सुधार केन्द्र कैलालीमा  पठाइएको छ ।

शुक्लाफाँटा नगरपालिका १० झलारीका स्थानीयवासी तथा रिभर साइड पिग एण्ड एग्रो फर्म प्रा.लि.का सञ्चालक दम्पती गगनराज भट्ट र कलावती भट्टले सम्पूर्ण खर्च आफैँ बेहोर्ने गरी १३ वर्षीय बालकलाई सुधार केन्द्र कैलालीमा पठाएका हुन् ।

बिज्ञापन

बालक कुलवापुर, झलारी बजारमा मदिरा सेवन गरी चोरी डकैती गर्ने गरेको बताइएको थियो । सुधार केन्द्रमा केही हदसम्म भए पनि सुध्रियोस् र जीवन बनोस् भन्नका निम्ति आफूहरुले बालक रानालाई उद्धार गरेको कलावती भट्टले बताइन् ।

यसअघि समेत भट्ट दम्पतीले भारतबाट आएका झापाका योगराज दाहाललाई पनि उद्धार गरेका थिए । भट्ट दम्पती भन्छन् “हामीले कमाएकाे केही पैसा यसरी सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसीसँगै गर्वको अनुभूति भइरहेकाे छ ।”