ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

बिज्ञापन

बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।