मोरङका भाइरल `जङ्गी बाबा´ भन्छन् – ` योगका ज्ञान सबैमा बाँड्ने योजना छ´

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित पाथीभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा चर्चामा छन् ।

बिज्ञापन

२ सय भन्दा बढी योग आशन गर्ने जङ्गी बाबा यतिबेला मिडियाको नजरमा परेका हुन् । अहिले दैनिक जसो आधा दर्जन मिडिया तथा यूट्यूब च्यानलहरुलाई अन्तरवार्ता दिँदै आएका छन् ।

 

२०३३ सालको जन्म बताउने आफू निष्पक्ष र हरेक कुरामा स्पष्ट कुरा गर्न सक्ने भएकाले सबैले जङ्गी बाबा भनेर बोलाउने गरेको उनको भनाई छ । आफूलाई चर्चामा आउनु भन्दा पनि योगका ज्ञान सबैमा बाँड्ने योजना रहेको उनले सुनाए ।

 

सानै उमेरदेखि घर छोडेर सन्यासी जीवन जिताएका बाबाले भारतका विभिन्न स्थानहरुमा पुगेका ज्ञान हासिल गरेका छन् । ‘म नेपाली बाबा हुँ’ उनले भन्छन्–‘योगको ज्ञान बाँड्छु, चर्चामा आउनु छैन ।’

 

केही बाबाहरु चर्चाका लागि अनेकौं हत्कण्ड अपनाइरहेका छन् नि भन्ने प्रश्नमा उनले आफूलाई लोभलालच नभएको र सन्यासी जीवनमै खुशी रहेको बताए । प्रेम, विवाह र यौनका बिषयमा पनि उनले आफ्नो धारणा छुट्टै रहेको बताए ।

 

क्षणिक सुख र मोजमस्तीमा नभई आध्यात्मिक ज्ञान, योग र सन्यासीमा जीवन ब्यतित गर्ने सोचाईमा पुगिसकेको उनको भनाई छ । उनले चाँडै योग ज्ञान शिबिर सञ्चालन गर्ने बताएका छन् ।