
भारतमा फिल्मी अभिनेता र नेताबीचको जुन सम्बन्ध छ, त्यो कयैन वर्ष पहिलेदेखि कायम छ ।
पछिल्लो ५ वर्षमा यसमा परिवर्तन देखिएको छ । पहिले अभिनेताहरु अभिनयबाट नाम कमाएपछि राजनीतिमा हाम फाल्थे । तर अहिले अभिनेताहरु नेताको ‘बायोपिक’ फिल्महरुमार्फत ठूलो पर्दामा राजनीति गरेर देखिँदै छन् ।
अघिल्लो वर्ष भारतमा ठूला राजनेताहरुको जीवनी समेटेर कयैन फिल्महरु आए ।
यसमा धेरैजसो फिल्महरुले प्रधानमन्त्री नरेन्द्र मोदीको छवि चम्काउने विषयवस्तु बोकेका थिए । यसमा पाकिस्तानी आतकंवादीहरुको आधार शिविरमा भारतीय सेनाको सर्जिकल स्ट्राइक देखिइएको ‘उरीः द सर्जिकल स्ट्राइक’ देखि हालै प्रदर्शनमा आएको राकेश ओम–प्रकाश मेहराको फिल्म ‘मेरे प्यारे प्राइम मिनिस्टर (मेरो प्यारो प्रधानमन्त्री)’ सम्म छन् ।
अब प्रधानमन्त्री मोदीको जीवनमा मात्र केन्द्रीत फिल्म प्रर्दशन हुन लागेको छ । फिल्मको नाम हो ‘पिएम नरेन्द्र मोदी’ ।
यो फिल्ममा नरेन्द्र मोदीको भूमिका अभिनेता विवेक आवरोयले निभाएका छन् । फिल्मको प्रदर्शन मिति पहिले अप्रिल १२ मा तोकिएको थियो । तर अब त्यसलाई एक हप्ता अघि अप्रिल ५ मा सारिएको छ ।
एक हप्ता पहिले प्रदर्शन किन ?
निर्वाचन नजिकिदैं गर्दा फिल्मको प्रदर्शन मिति सार्नुको कयैन अर्थ निस्कन्छ । तथापि फिल्म निर्माताहरुले दर्शकहरुको मागका कारण यसो गर्न लागेको स्पष्टिकरण दिएका छन् ।
निर्माता संदीप सिंह यस फिल्मका निर्माता र क्रियटिभ डाइरेक्टर हुन् । उनी फिल्मका लेखक पनि हुन् ।
फिल्म सार्वजनिक हुने दिन घोषणा गर्ने कार्यक्रममा उनले भनेका थिए, ‘हामी यस फिल्मको सार्वजनिक मागलाई हेर्दै एक हप्ता पहिले प्रर्दशन गर्दैछौं । मानिसहरु माझ यस फिल्मलाई लिएर निकै धेरै माया र आशा छ । हामी उनीहरु लामो समय कुर्न नपरोस् भन्ने चाहन्छौं ।’
‘पीएम नरेन्द्र मोदी’ फिल्मले वर्तमान भारतका प्रधानमन्त्रीको प्रारम्भदेखि प्रधानमन्त्री बन्दासम्मको कथा समेटेको छ ।
त्यसो भए यो फिल्म प्रोपोगाण्डा फिल्म हो त ? यो प्रश्नबारे फिल्मका निर्माता संदीप सिंहले जवाफ दिँदा यस्तो भने, ‘हामी फिल्मका निर्माता हौं । तपाईँहरुले ट्रेलर हेरिसक्नु भएको छ । जब तपार्इँहरुले फिल्म हेर्नुहुन्छ तब सबैले यो प्रोपोगाण्डा फिल्म हो कि होइन थाहा पाउनुहुनेछ ।’
उनले भने, ‘हामी आफ्नो काम गरिरहेका छौं । कसले के भनिरहेको छ, कसको गुनासो के छ ? भनेर हामीलाई जान्नु छैन । यो सत्य कथा हो र यसलाई हामी दर्शकसम्म पुगाउन चाहन्छौं । हामी आफ्नो काम गरिरहेका छौं र यसको विरोध गरेर विपक्षी पार्टीका नेताहरु आफ्नो धर्म निभाइरहेका छन् ।’
‘प्रोपोगाण्डा फिल्म नै हो ’
तर लोकप्रिय वरिष्ठ पत्रकार अजय ब्रह्मात्मज भन्छन्, ‘यी प्रोपोगाण्डा फिल्महरुबारे थाहा पाउन थारै पछाडि जानुपर्दैन । हाल सत्तामा रहेको पार्टीहरु फिल्महरुलाई आफ्नो पक्षमा प्रयोग गर्न चाहन्छन् । यी फल्महरुको योजना आज नभएर सत्तामा आएपछि देखिदेखिकै थियो ।’
‘उनीहरुले गोप्य तरिकाले आफ्नो सम्बन्धन पहिलेदेखि तयार पारेका थिए । सत्तारुढ पार्टीसँग जोडिएका केही फिल्म–निर्माताहरु छन् जो राष्ट्रवाद समेटर अथवा भाजपाको विचारधारबाट प्रभावित भएर अथवा उनीहरुलाई राम्रो छविका साथ देखाउदाँ राम्रो हुने कुरा बारम्बार जोड दिइरहेका हुन्छन् । पछिल्लो समय यस्तै भयो पनि । केही फिल्मकमीहरुले उनीहरुको कुरालाई गम्भिरतापूर्वक लिए ।
’
‘अब यसलाई अपराधको रुपमा हेर्नु त गलत हुन्छ । किनकी जो कोही सत्ताको नजिक हुन चाहन्छ । भारतका फिल्म कलाकारमा अझ बढी यस्तो देखिन्छ । हेर्दै जानुस् भोलि कांग्रेस पार्टी वा कोही अरु कुनै पार्टी सत्तामा आउँदा उनी पुनः तिनलाई समर्थन गर्न थाल्छन् ।’ उनले थपे ।
बलिउडमा ‘बायोपिक’ फिल्मको फेसन
ब्रह्मात्मज भन्छन्, ‘भारतमा अहिले बायोपिक फिल्म लहर आएको छ । बायोपिक फिल्म आज फेसनमा छ । तर आजका दर्शक भोलिका मतदाता हुन् । फेरि बायापिक फिल्म सधैं प्रभावकारी देखिन्छन् । तपाईले ख्याल गर्नुभयो भने देख्नुहुन्छ कि पछिल्लो समय बनेका बायोपिक फिल्महरु सैनिक, खेलाडि र राजनेता तीन थरीमा मात्र केन्द्रीत छन् ।’
प्रश्न गर्दै उनले भने, ‘अहिलेसम्म कुनै समाजसेवीको बारेमा फिल्म बनेको छ ? कसैले भिम राव अम्बेडकरको जीवनीलाई बायोपिक बनाउने घोषणा गरेको छ ? जवाफ नकारात्मक आउँछ । किनकी उनको विचारमा कसैले फिल्म बनाउन चाहदैन ।’
अजय ब्रह्मात्मज भारतमा राष्ट्रवादसम्बन्धी फिल्महरु स्वतन्त्रता कालदेखि बनिरहेको बताउँछन् । उनले भारतको विकास र आन्दोलनका कथा समेटर बनेका ‘गान्धी’ देखि लिएर ‘पूरव और पश्चिम’(पूर्व र पश्चिम) ,‘नयाँ दौर’ (नयाँ समय) उदाहरण दिए । तर आजका फिल्मको वैचारिकता एक पार्टीमा गएर रोकिएको छ ।
कुनै समय ‘माई नेम इज खान’ जस्तो फिल्म बनाएका फिल्मकर्मी अहिले ‘केसरी’ मा पनि पैसा हालिरहेका छन् । यो तिनको विचार होइन व्यापार हो ।
तीन महिनामा २३ भाषामा फिल्म तयार !
अजय ब्रह्मात्मजले पीएम मोदीको ट्रेलरमा मोदीको पात्रले बोल्ने ‘देशभक्तिनै मेरो शक्ति हो’ संवाद आफैमा ठूलो प्रोपोगाण्डा भएको बताए ।
फिल्ममा कश्मीरको मुद्धादेखि पाकिस्तान मुद्धासम्म समेटिएको छ तर त्यहाँ विकासको कुरा भने गरिएको छैन ।
फिल्मको ट्रेलरमा रहेको अर्को संवाद ‘तिमीहरुले हाम्रो बलिदान देखेका छौं…बदला छैनौं’ । यस्ता संवाद हिन्दी फिल्मका नायकहरुले बोल्ने गर्छन् । तर नजिकिदै गरेको निर्वाचनका प्रधानमन्त्री उमेद्वार देखाइएको पात्रलाई यस्तो संवाद दिनुले फिल्म कस्तो स्तरको हो थाहा हुन्छ ।
फिल्मको पहिलो पोस्टर जनवरी ३ मा आयो । सोही दिन फिल्मको घोषणा भयो र जम्मा ३ महिनाभित्र पूरै फिल्म तयार भएर आएको छ ।
यसबारे प्रष्टाउदैं अजयले भने, ‘मलाई थाहा छ, ३ महिनामा फिल्म बनाउनै नसकिने होइन । तर फिल्मको परिकल्पनादेखि लिएर बनाउनसम्म ३ महिनाको समय निक्कै थोरै समय हो । फेरी यसलाई कयैन भाषामा प्रदर्शन गरिदैंछ । मलाई राम्रोसँग सम्झना छ कि यो फिल्मको पोस्टर २३ भाषामा लगाइएको थियो । यी सबै कुरा त्यो नि निर्वाचन अघि गर्नुले सबै कुरा प्रष्ट पार्छ । तर पनि उनीहरु यसलाई प्रोपोगाण्डा फिल्म होइन भनिरहेका छन् ।’
निर्मातालाई फाइदाको मात्र मतलब
प्रतिष्ठित बलिउड ट्रेण्ड विश्लेषक आमोद मेहरा पनि ‘ठाकरे’, ‘पीएम नरेन्द्र मोदी’जस्ता फिल्महरु प्रोपोगाण्डा फिल्म भएको मान्छन् ।
‘ठाकरे फिल्मलाई शिवसेना स्वयमले बनाएको थियो । त्यसलाई प्रदर्शन पनि उनीहरुले नै गरे । यस फिल्मको कारण शिवसेनालाई निर्वाचनमा कति फाइदा हुन्छ भन्ने कुरा म बताउन सक्दिन । तर यो फिल्म प्रर्दशन गर्नुको उनीहरुको जुन उदेश्य थियो त्यो भने जरुर सफल भएको छ’, मेहराले भने ।
फिल्मले एकातर्फ बाल ठाकरेको विचारधारालाई प्रचार गरायो भने अर्को तर्फ उनले मराठी भाषीहरुको लागि कति धेरै योगदान गरेका छन् भनेर वकालत गर्यो । फिल्ममा नवाजुद्दिन सिद्दिकिले बाल ठाकरेको भूमिका निभाएका थिए । उनको बलियो फ्यान फलोइङका कारण फिल्मले २५ करोड भारु पनि कमायो ।
बायोपिक फिल्मको व्यापारबारे बोल्दै मेहराले भने, ‘यसरी नै ‘ द एक्सिडेन्टर प्राइम मिनिस्टर’ ले २० करोड कमाई गर्यो । यो निक्कै ठूलो कमाई हो । नत्र अनुपम खेरजस्ता अभिनेता रहेको फिल्मलाई त्यति संख्याले किन ३०० देखि ४०० भारु तिर्थे र ? फिल्ममा विवाद थियो । मानिसहरुमा त्यो विवाद जान्ने जिज्ञासा थियो । यसले अन्तत फिल्म निर्माताहरुलाई फाइदा गरायो ।’
‘अब प्रधानमन्त्री मोदीको जीवनी आउदैंछ । यसले मोदीलाई फायदा होस् नहोस् फिल्मसँग जोडिएका निर्माता र अभिनेता विवेक ओवरोयको करियरलाई जरुर फाइदा हुनेछ । नत्र आजकल विवेक ओवरोयलाई कहाँ फिल्म मिलिरहेको थियो ?’
बीबीसी हिन्दी/मधु पाल