बाइडेनले गरे २.५ ट्रिलियन ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

काठमाडौं — अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेकोे ह्वाइट हाउसले जनाएको छ ।

बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभयो । जसले ऋण सीमा २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ’,  ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ । नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ ।