बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

पाँच दलीय सत्ता गठबन्धनका  शीर्ष  नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन्  । बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो ।

यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ । आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।

बिज्ञापन