
आज मिति २०७८ साल पुष ०४, आइतबार । इश्वी सन २०२१ डिसेम्बर, १९ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग शुक्लपक्ष । तिथिः पूर्णिमा ९ः०७ बजे उप्रान्त प्रतिपदा । नक्षत्रः मृगशिरा, १६ः३६ बजे उप्रन्त आर्दा । योगः १०ः४० बजे उप्रान्त शुक्त ।

मेष : यदि तिर्नुपर्ने ऋण छ भने पानको पत्ता अथवा नेपाली कागजमा व्यक्तिको नाम तथा रकम लेखि खोलामा वा पोखरीमा बगाइ दिनुहोस् नसोचेको चमत्कार हुनेछ । हनुमान चालिसा ७ पटक पाठ गर्नुहोस् समूर्ण क्षेत्रमा राम्रो हुनेछ ।



वृष : शत्रु भएतापनि मित्रवत व्यवहार गर्नहोला आर्थिक नोक्शानी हुने देखिन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहेको छ । नयाँ व्यवसाय आरम्भ हुनेछ प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

मिथुन : कार्य गर्ने उत्साह थपिनेछ । मित्रजनको सहयोग मिल्नेछ । रोकिएको वा विवादित प्रेम सम्बन्ध अगाडी बढ्नेछ । स्वास्थ्यमाथि खेलवाड नगर्नुहोला ।
कर्कट : प्रेम सम्बधित समस्या आउनेछ । लामो यात्रा तथा पारिवारदेखि टाढा जानुपर्ने देखिन्छ । आर्थिक क्षेत्रमा मध्यान्हदेखि केही समस्या देखा पर्नेछ । रोजगारिको राम्रो अवसर मिल्नेछ ।
सिंह : बोलीको प्रभावले गर्दा रोकिएका कार्यहरू बन्नेछन् । आर्थिक नोक्शानीदेखि जोगिने छ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइने छ । सन्तान सुख रहनेछ । अध्ययनमा पूर्णता पाइनेछ ।
कन्या : प्रेमसम्बधलाई सफल बनाउने हो भने मनपरेको व्याक्तिको नाम लेखि हनुमानमा लगारको वस्त्रभित्र राखिदिनु होस् । अवस्य पुरा हुनेछ । आर्थिक तथा उच्च पद प्राप्तिको लागि भगवतीको दर्शनगरि पाऊमा ध्यू लगाई दिनुहोला ।
तुला : आर्थिक नोक्शानी हुने हुदाँ निकै सचेत रहि व्यवहार गर्नुहोला स्वास्थ्यले दुःख दिनसक्ने छ । पारिवारिक सहयोग रहनेछ । पुरानो मित्रमिलनले निकै हर्षित भइने छ ।
वृश्चिक : घर तथा जग्गाको योग रहेकोछ भने व्यपारिक वर्गको लागि राम्रो समप रहेको देखिन्छ । प्रेमसम्बन्धमा किचलो आइपर्ने देखिन्छ । महत्वपूर्ण भेटघाटले मनमा कार्य गर्ने उत्साह थपिनेछ ।
धनु : अध्ययनमा उच्चपद प्राप्ति तथा रोजगरिको राम्रो अवसर मिल्नेछ । बोलीको प्रभावले अरुको काम बन्नेछ । नयाँ कार्य आरम्भ गरिने योग देखिन्छ । राजनैतिक उपलब्धि प्राप्त हुनेछ । प्रेम प्रस्ताव आउने देखिन्छ ।
मकर : सामान्य कुरामा पनि विवाद उत्पन्न हुने हुदाँ नबोल्नु श्रेयस्कर हुनेछ । आर्थिक अभावले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउनेछ । प्रेमसम्बन्धको कारण पारिवारिक तनाव उत्पन्न हुने देखिन्छ ।
कुम्भ : आर्थिक उन्नति तथा रोकिएको कार्य सम्पन्न होस् भन्नका निमित्त ॐ सर्वकार्य साधय साधय यो मन्त्रद्वारा परेवालाई दाना दिनु अवस्य पनि पूरा हुने छ । विद्यार्थी तथा कृषक वर्गको लागि राम्रो दिन रहने छ ।
मीन : सामाजिक तथा मित्रजनको काममा समय व्यतित हुने हुँदा पारिवारिक किच किच सुन्नु पर्नेछ । मध्यान्हदेखि नसोचेको धनप्राप्ति हुनेछ । रोकिएको प्रेम सम्बन्ध अगाडी बढ्नेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या देखा पर्नेछ ।