
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत ३० जनालगायतको स्वाब संकलन गरिएको छ ।
बिज्ञापन



त्यस्तै, शुक्रबार सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने २ जना ट्राफिक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लाे समय उपत्यकामा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ । यस्तै, गृहमन्त्रालयले पनि उपत्यकामा जाेखिम बढेकाे भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएकाे छ ।