सिराहामा युवाहरूको दुई समूहबीच `ग्याङ्ग फाइट´ हुदा एकको मृत्यु , एक गम्भीर घाइते

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-६ मा शनिवार राति युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते छन् ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छात्तीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।