फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २०८ पुग्यो

फिलिपिन्स : फिलिपिन्समा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्‍याउने प्रयासहरू बढ्दै गएको छ ।

’राई आँधी’ले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाख भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

बिज्ञापन

कम्तीमा २३९ जना घाइते भएका छन् भने ५२ जना बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ ।

राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् ।