पाकिस्तानमा २३ सय वर्ष पुरानो बौद्धकालीन मूर्ति फेला

इस्लामावादः पुरातत्वविद्हरूले पाकिस्तानमा २३ सय वर्ष पुरानो बौद्धकालीन मूर्ति फेला पारेका छन्।

पाकिस्तान र इटालीका पुरातत्वविद्हरूले संयुक्त उत्खनन्का क्रममा उत्तरपश्चिमी पाकिस्तानमा करिब २३ सय वर्ष पुरानो बौद्धकालीन मूर्ति फेला पारेका हुन्।

पुरातत्वविद्हरूले स्वाट जिल्लामा २३ सय वर्ष पुरानो अप्सिदल मन्दिर फेला पारेको अधिकारीहरुले बताएका छन्। सो मन्दिरसँगै पुरातत्वविद्हरूले २७ सय वर्ष पुराना कलात्मक कलाकृति फेला पारेको समेत अधिकारीहरूले बताएका छन्।

बौद्धकालीन समयमा सो मन्दिर बाजिरा सहरमा बनेको हुन सक्ने अनुमान पुरातत्वविद्हरूले गरेका छन्।

बौद्धकालीन सो मूर्ति पाकिस्तानको सबैभन्दा पुरानो मन्दिरका रुपमा समेत चिनिन्छ।