
डोटी । भारतको नयाँ दिल्लीमा १४ वर्षीया नेपाली किशोरी जबरजस्ती करणी गर्ने समातिएका छन् । दिल्ली प्रहरीमा कार्यरत दलवीर सिंहका ३३ वर्षीय छोरा पंकज सिंह समातिएका हुन् ।

पंकजले स्थायी घर डोटी जिल्ला साहिल गाविस वडा न.४ की १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको थिए । किशोरी आफ्नो बुबा श्याम बहादुर नेपाली (नाम परिवतन)सँग दिल्लीमा बस्दै आएकी थिइन् । उनलाई आफ्नै बुबाको मालिकका छोराले जबरजस्ती करणी गरेका थिए ।
मेडिकल जँच गर्दा पनि पंकजले नै जबरजस्ती करणी गरेको प्रमाणित भएको माइती इन्डियाका प्रमुख सिता अधिकारी बताइन् । नेपाली जन सम्पर्क समिति र माइती इन्डियाको संयुक्त टिमले सरकारी अस्पतालमा लगेर मेडिकल जाँच गराएका थिए ।
अदालतमा पहिलो चरणको बयान पनि सकिसकेको छ । आवश्यक कारबाही तथा पीडितको न्यायको लागि बाल कृष्ण पाण्डेको प्रयास गरेका थिए । पीडित बालिकाको शिक्षा तथा सिपमूलक तालिमको खर्च बाल कृष्ण पाण्डेले जिम्मा लिएका छन् ।
दिल्ली प्रहरीका नायव निरीक्षक (सई) को छोरा भएकोले दोषीलाई बचाउन लागिपरेका थिए तर, नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरूको सहयोगमा दोषीलाई ३ दिनपछि दोषीलाई समातिएको हो ।