नेपाल वायुसेवा निगमको ऋण ३७ अर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौं। नेपाल वायुसेवा निगमको ऋण ३७ अर्ब रुपैयाँ नाघेको छ । निगमका उपनिर्देशक गणेशबहादुर चन्दले सरकारले आर्थिक सहयोग नगरे निगम सञ्चालन हुन नसक्ने बताउनुभएको छ ।

 

सरकारको लगानी २२ करोडमा भएको तर ऋण भने ३७ अर्ब पुगेकाले सञ्चालनमा कठिनाई भएको बताउनुभयो । उपनिर्देशक चन्दले सरकारी स्वामित्वको निगम विधि प्रक्रिया अनुसार सञ्चालन गर्नुपर्ने तर सहयोग गर्दिन भन्न नमिल्ने बताउनुभयो ।

 

उपनिर्देशक चन्दले निगममा मौजुदा साना, मध्यम र वाईवडी जहाजले सेवा विस्तार गर्दै आएको र यसै महिनाको अन्त्यमा नेपाल–ओसाकाको सिधा उडान शुरुहुने र चिनको गोन्जाओ र दोहा उडानका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।