अष्ट्रेलियामा ओमिक्रोनका कारण पहिलो मृत्यु, ८० वर्षका संक्रमितको उपचारको क्रममा गुमाए ज्यान

अष्ट्रेलियामा कोरोनाका ओमिक्रोन भेरियन्टका कारण पहिलो मृत्यु भएको छ ।

न्यू साउथ वेल्स राज्यमा ८० वर्षका ओमिक्रोन संक्रमितले अस्पतालमा उपचारको क्रममा मृत्युवरण गरे । यी व्यक्तिले पूर्ण खोप लगाएका थिए तर बुढ्यौलीसँगै निम्तिने विभिन्न रोगसँग जुधिरहेका थिए ।

बिज्ञापन

न्यू साउथ वेल्स अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो ।

यहाँ सोमबार ६,००० भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । हाल ५२४ बिरामी अस्पतालमा भर्ना छन् जसमध्ये ५५ जनाको स्थिति गम्भीर छ ।