भारतमा ओमिक्रोन संक्रमितको संख्या ५७८ पुग्यो, दिल्लीमा सबैभन्दा धेरै

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको कूल संख्या ५७८ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको नयाँ जानकारीका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ६,५३१ नयाँ संक्रमित भेटिएका छन् र ७,१४१ जना निको भएका छन् ।

बिज्ञापन

हाल कुल सक्रिय संक्रमित ७५,८४१ छन् भने निको हुने दर ९८.४० प्रतिशत छ ।

ओमिक्रोन संक्रमितको संख्या ५७८ छ । सबैभन्दा धेरै ओमिक्रोन संक्रमित दिल्लीमा देखिएको छ जहाँ संक्रमण बढेर १४२ पुगेको छ ।