
आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको जानकारी दिएको हो । हिजो सुनको मूल्य स्थिर थियो ।
बिज्ञापन



तोलामा एक सय रुपैयाँको वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
हिजो छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ छ ।
हिजो चाँदी प्रतितोताल १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।