सेक्युरिटी प्रेस खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

लेखा समितिले मुद्रण प्रेस खरिदका सवालमा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । जीटुजी प्रकियाबाट खरिद गर्न थालिएको मुद्रण प्रेसमा अनियमितता गर्न थालिएको उजुरीपछि लेखा समितिले छलफल सुरु गरेको थियो ।

 

यसअघि मुद्रण प्रेस खरिदमा स्वीट्जरल्याण्डको एजेन्टसँग ७५ करोड घूस मागेको अडियो बाहिरिएपछि तत्कालीन सञ्चारमन्त्रीले राजीनामा दिएका थिए । समितिका केही सदस्यले लेखाले अध्ययन गरेर अख्तियारलाई निर्देशन दिनुपर्ने माग गरेका थिए ।

 

यस विषयमा अनियमितता भएको विषय सार्वजनिक भएको सवालमा अख्तियारबाटै अनुसन्धान गरिनु उपयुक्त हुने राय आएको भन्दै सदस्य विरोध खतिवडा, मीनेन्द्र रिजाललगायतले निर्देशनको माग गरेका थिए ।

 

सोहीअनुरुप अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको हो । त्यस्तै, सञ्चार मन्त्रालयलाई अन्य मुद्रण प्रेस खरिद प्रकिया रोक्न निर्देशन दिएको छ ।