
सिरहा : जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रशासनले बुधबारसम्म बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि बाहिर ननिस्कन, भेला नहुन, राजनीतिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्ने समेत बताइएको छ ।
बिज्ञापन



जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन् । सो क्रममा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।
