
काठमाडाैँ : चिसो मौसमबाट हुन सक्ने सम्भाव्य जोखिमबाट बच्न स्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई निर्देशन दिएको छ।
चिसो मौसमबाट आउन सक्ने शीतलहर, हिउँलगायत समस्याबाट बच्न स्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न मन्त्रालयले सबै पालिकालाई निर्देशन दिएको हो।
स्थानीय तहका सबै वडाले टोलटोलमा चिसो मौसमबाट बच्ने उपायबारे सचेतना अपनाउँदै आवश्यकताअनुसार दाउरा, इन्धन, कम्बललगायतका सामग्रीको भण्डारण गर्नुपर्ने बिहीबार मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ।
चिसो मौसमबाट ज्येष्ठ नागरिक, असहाय, गर्भवती, सुत्केरी महिला, बालबालिका, अपांगता भएका व्यक्ति र दीर्घरोगीको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाउनसमेत मन्त्रालयले ७५३ वटै पालिकालाई परिपत्र गरेको हो।