ओलिको समर्थनमा धोती जुलुस प्रदर्शन

काठमाडौं : नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ । युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्याली निकालिएको थियो ।

महेश बस्नेतले नेतृत्व गरेको र्यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।