
रूपन्देही । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ ।
लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
शव लिएर गएको बसमा ४० जना सवार थिए ।
बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।
दुर्घटनाको थप विवरण भने आउँन बाँकी छ ।