अभिनेत्री शिल्पा पोखरेलको रिट खारेज, प्रहरीले पक्राउ गर्न सक्ने

काठमाडौं । बहुविवाहको मुद्दामा उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई प्रहरीले पक्राउ गर्ने भएको छ । हेमा ओझाको उजुरीका आधारमा प्रहरीले पोखरेलसहित छविराज ओझाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

तर पोखरेलले उच्च अदालत पाटनमा पूर्जी खारेजीका लागि रिट दिएकी थिइन् । अदालतले पोखरेलको रिट खारेज गर्दै प्रहरीलाई पक्राउ गर्न सक्ने प्राधिकार दिएको छ ।

अब, काठमाडौं प्रहरीले ओझा र पोखरेललाई पक्राउ गर्नेछ । ओझाकी प्रथम पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दर्ता गराएकी थिइन् ।