
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, र मट्टितेलको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
बिज्ञापन



निगमका अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेको छ । डिजेलमा १९ रुपैयाँ ०३ पैसा बढेर आएको छ । हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको निगमले जनाएको छ ।निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
