
काठमाडौं — सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी छन् । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।
आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
साथै, बैठकमा राजदूत नियुक्तिबारे पनि छलफल भइरहेको बताइएको छ ।