बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गएराति दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका-७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०२००१ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै युवा गम्भीर घाइते भएका थिए।

बिज्ञापन

उनीहरुलाई उपचारका लागि राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

दुर्घटनापछि बसचालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।