कर्मचारीमा कोरोना देखिएपछि परशुराम नगरपालिका बन्द

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द गरिएको छ।

नगरपालिकामा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।