
काठमाडौ । वरिष्ठ कानुनबिद तथा राजनीतिक विष्लेषक दिनेश त्रिपाठीले नेकपाका नेताहरुको सम्पत्तीको श्रोत खोज्नुपर्ने बताएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका प्रमुख नेताहरुको सम्पत्तीको छानविन गर्नुपर्ने बताए ।




उनले प्रचण्डको छोराको नाममा दुवईमा २१ अर्व रुपैया रहेको दावी गरेका छन् । उनले पूर्व माओवादी लडाकुको रकममा भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले प्रचण्डलाई अवसरवादी समेत बताएका छन् । उनले आफ्नो सुरक्षाको ग्यारेण्टी भए आफु हिन्दु राज्य मान्न पनि तयार रहेको अभिब्यक्ति दिनुले उनी अवसरवादी भएको प्रष्ट भएको दावी गरे । एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिदै उनले यस्तो दावी गरेका हुन् ।
पूर्व माओवादी बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई अब अन्तराष्ट्रिय फौजदारी अदालत (हेग) मा लैजाने चेतावनी दिएपछि अहिले सो विषय चर्चामा छ । विष्टले प्रचण्ड र डा बाबुराम भट्टराईलाई तीन महिना भित्रमा हेगमा लैजाने चेतावनी दिएका छन् ।
माओवादी शान्ति प्रकृयामा आएपछि पूर्व माओवादी लडाकुहरुलाई वेवास्ता गरेको भन्दै विष्टले आवाज उठाउँदै आएका छन् । उनले प्रचण्ड, बाबुरामले युद्ध अपराध गरेका कारण उनीहरु अन्तराष्ट्रिय फौजदारी अदालतमा लैजानुपर्ने उनको पनि तर्क छ ।
कानुनविद त्रिपाठीले अहिले भर्खर परिवारका सदस्यलाई लिएर दुवई भ्रमणमा जाने र विश्वकै महंगो होटलमा बस्ने हैसियत कसरी आयो ? उनले प्रश्न उठाए । उनले प्रचण्डका छोरा प्रकाशको नाममा २१ अर्व रुपैया दुवईमा रहेको भनेर आएको हल्लाका बारेमा प्रचण्ड मौन बस्नु पनि उनको अवैध श्रोत भएको पुष्टि भएको दावी गरे ।
उनले प्रचण्डको सम्पत्तीको छानविन हुनुपर्ने बताए । उनले अवैध श्रोत भएका कारण उनले पैसा दुवईमा राखेको हुनुपर्ने उनको भनाई छ ।