
पर्यटकीय नगरी पोखराको मुख्य बजार क्षेत्र मानिने न्युरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह सवा ४ बजेदेखि आगलागी भएको हो ।

आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अहिले दुईवटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
बिज्ञापन



