मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा — भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गएराति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

बिज्ञापन

दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् ।