
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रूपैयाँले नै बढेको छ । आज तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो पनि १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।