
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले सडकमा उत्रिएर विरोध गरेको हो ।
गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
दैनिक उपभोग्य सामानलगायत हरेक क्षेत्रमा मूल्यवृद्धिले नागरिकको जीवन कष्टकर बनेको श्रेष्ठको भनाइ छ ।