धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : धरानमा एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिज्ञापन

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।